त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टोली घोषणा

काठमाडाैं | असोज २९, २०८०

त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टोली घोषणा तस्बिर फाइल

काठमाडौं:   घरेलु टोली नेपालले बुधबार देखी मुलपानी र टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ ।

 

नेपालको टोलीमा लोकेश बम र ललित नारायण राजवंशी टोलीमा फर्किएका छन् । लोकेश गतवर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध टि-२० आई खेलपछि पहिलो पटक परेका हुन् ।

 

ललित अघिल्लो महिना १९ औं एसियाली खेलकुदको लागि अभ्यासको क्रममा घाइते भएका छन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ब्यक्तिगत कारण नाम फिर्ता लिएको हुँदा उनी त्रिकोणात्मक सिरिजमा छैनन् । सन्दीप नहुँदा श्याम ढकाललाई टोलीमा मौका दिएको छ । 

 

नेपालले आफ्नो पहिलो खेल कार्तिक १ ९अक्टोबर १८० मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।कार्तिक ६९अक्टोबर २३० मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।

 

शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।​आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्